Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

रातो कागज
4 दिन अघि

काठमाडौं ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् ।

अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा  सबै पक्ष सहभागी हुनुपर्ने बताएका हुन् । उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको बताउँदै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

‘गएको केही समय यता एनसीसीहरु चेपुवामा परेका छन् ।  एनसीसीहरू स्वायत्त निकाय हुन् । यिनलाई चेपुवामा पार्नु ठिक होइन ।   आपसमा इगोको लडाई गर्नुको सट्टा मिलेर अगाडी बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,’उनले भने ।

उनले हंगेरीमा बस्ने सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको  वेबसाइट (धधध.लचलबजअि.अयm) मा गएर ३१ मार्च २०२५ भित्र सदस्यताको लागि निवेदन दिन आग्रह पनि गरे ।

अध्यक्ष भण्डारीले  बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम  सदस्यता सूचना प्रणाली (एमआइएस) लगायत सङ्घको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे ।  ‘सङ्घको भवन र सचिवालय हामी सबैको साझा हो ।  कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,’उनले भने ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया