Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

रातो कागज
3 दिन अघि

काठमाडौं । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको  छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

कोशी प्रदेश र  गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया