Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

रासस
4 दिन अघि

भोजपुर, १४ चैत । यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ ।

न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।

गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया