News and Updates

भैरहवा रूपन्देही, १४ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।
बाग्मती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल ग¥यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए ।
उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै रोहन विश्वकर्माले ३९, हरिशङ्कर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए ।
बाग्मती प्रदेशका लागि सूर्य तामाङले दुई विकेट लिए भने रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एक/एक विकेट लिए ।
यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो ।
बाग्मतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए । उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए ।
मधेसका लागि हरिशङ्कर साह, पवन सर्राफ र अनिल साहले समान दुई/दुई विकेट लिए ।
प्रतियोगितामा चार जित र पाँच हारसहित आठ अङ्कले साताँै स्थानमा छ भने चार जित र पाँच हारसहित बाग्मती अङ्कतालिकाको चौथो स्थानमा छ । उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया