News and Updates
3 दिन अघि

काठमाडौँ, १४ चैत । राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।
आज दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण भएको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले १ घण्टाका लागि स्थगित भएको जानकारी गराएका थिए ।
त्यसपछि दोस्रो पटक पुनः सूचनामार्फत ३ बजेर ३० मिनेटमा बस्ने गरी सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको थियो । विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि बैठक स्थगित भएको थियो ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बस्ने गरी निर्धारण गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया