Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध

News and Updates
3 दिन अघि

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् ।

राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए ।

शाहीका अनुसार घरमा लागेको आगो निभाउन दमकल र शसस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन् । तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका हुन् ।

आगजानी भएको ठाँउ अझैसम्म पनि दमकल पुग्न सकेको छैन् । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् ।

यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया