Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रदर्शनकारी संयमित नहुँदा विथोलियो राजावादीहरुको कोणसभा

News and Updates
3 दिन अघि

काठमाडौं । आज शुक्रबार तीनकुनेमा निर्धारण गरिएको राजावादीहरुको आमसभा अन्ततः तितरवितर भएको छ । विभिन्न क्षेत्रबाट र्यालीसहित तीनकुनेमा आएका प्रदर्शनकारीहरुले सुरुदेखि नै संयमता गुमाउँदा स्थिति भड्किएको थियो ।

राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको थियो । मञ्च खाली गरेर प्रदर्शनकारीहरु तितरवितर भएको र भौतिक संरचनाहरुको तोडफोड एवम आगजनीमा उत्रिएका थिए ।

प्रदर्शनकारीले तीनकुने क्षेत्रका ६ घरमा तोडफोड गरेको साथै एक घरमा आगो लगाएका थिए । घरमा आगलागी भएपछि आगो निभाउन पुगेको दमकललाई आन्दोलनकारीले ढुंगा प्रहार गरी धेरैबेरसम्म अवरोध गरेका थिए ।

त्यस्तै राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई स्थिति नियन्त्रण बाहिर गएपछि तीनकुनेबाट बाहिरिएका थिए । प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।

सोही क्रममा प्रसाई निजी गाडीमा बसेर बाहिरिएका थिए । राजावादीका अन्य अगुवाहरु भने तीनकुने क्षेत्रमै बसेर ढुंगामुढालाई नियालेका थिए ।

प्रदर्शनकारीहरुले आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेका थिए भने नजिकै रहेको अन्नपूर्ण पोष्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि तोडफोड गरेको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले जानकारी दिए ।

त्यस्तै उनीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरे भने कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया