Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

News and Updates
3 दिन अघि

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षार्की र १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए ।

उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’ उनले कफ्र्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो । कार्यालयमा आगजनी गरेको साथै माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा प्रवेश गर्ने प्रयास गरेपछि च्यासलमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

त्यस्तै एमाले निकट प्रेस चौतारीको नव निर्वाचित पदाधिकारी एवम सदस्यहरुको शपथग्रहण कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओली पुग्ने भनिएको उक्त कार्यक्रम अन्योलमा परेको हो ।

यता, तीनकुनेबाट अनियन्त्रित बनेका प्रदर्शनकारीले एमाले पार्टी कार्यालय नजिकै रहेको बालकुमारी एउटा ट्याक्सी जलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया