News and Updates
3 दिन अघि

काठमाडौं । शनिबार समाजवादी मोर्चा, नेपालको बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुनेछ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्न लागेको हो ।
समाजवादी मोर्चा, नेपालले नेकपा एकीकृत समाजवादीको कार्यालयमा हिजो राजावादी समूहले गरेको आगजनी र तोडफोडको अनुगमन पनि गरेको छ ।
बैठकमा समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको सभा, राजावादी समूहले गरेको आगजनी र तोडफोडलगायतका विषयमा छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया