News and Updates

सुर्खेत । छ वर्षपछि आज मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ ।
नौ वटा विद्यार्थी संगठन र एक जना स्वतन्त्र उम्मेद्वार आज हुने निर्वाचनका लागि चुनावी मैदानमा होमिएका छन् । २०७३ सालको भदौ पछि मध्यपश्चिम विश्वविद्यालयमा चुनाव भएको थिएन ।
६ वर्ष पछि चुन लागेको निर्वाचनमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारीबिच प्रतिस्पर्धा हुने अनुमान छ । ४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ ।
स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।
दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।
मध्यपश्चिम विश्वविद्यालयमा मुख्य तीन राजनितिक दलका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारी एक्लाएक्लै चुनावी मैदानमा होमिएकाले स्ववियु निर्वाचन झन् रोचक बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया