Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

साहित्यकार राईको कथामा बन्यो चलचित्र ‘जार’

News and Updates
2 दिन अघि

काठमाडौँ, १७ चैत । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण गरिएको छ ।

निर्देशक फूर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै चलचित्र तयार भएको जानकारी दिए।

उनले भने, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ ।”

विसं २०८२ वैशाख २६ गते प्रदर्शन हुने उक्त चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतले अभिनय गरेका छन् ।

भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया