News and Updates
2 दिन अघि

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि(सोमबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।
सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।
आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया