Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी

News and Updates
2 दिन अघि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन अधिवेशन सम्पन्न गर्ने भएको छ ।

पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुको समन्वयमा स्थानीय तहको अधिवशेन कार्यलाई तीव्रता दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीको परिपत्रअनुसार स्थानीय तहको अधिवेशनपश्चात प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने छ ।

प्रदेश समिति र  पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन बैशाख २५ गते भित्र र बैशाख मसान्तसम्म भ्रातृसङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को अवधिमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि बढेको पार्टीले जनाएको छ । पार्टीको अभियानलाई २०८२ बैशाख मसान्तसम्म जारी रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया