Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा

News and Updates
2 दिन अघि

काठमाडौं  । इस्लाम धर्मावलम्बीहरुले सोमबार इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउन लागिएको हो ।

इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।

यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

इदका अवसरमा सरकारले आज (सोमबार) सार्वजनिक बिदा समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया