Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मौसम पूर्वानुमान : केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

News and Updates
2 दिन अघि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका अधिकांश भूभागको मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया