Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व छ : प्रचण्ड

News and Updates
2 दिन अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ईस्लाम धर्मावलीहरूको महान् पर्व ईद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभ–कामना व्यक्त गरेका छन् ।

सोमबार शुभकामना जारी गर्दै अध्यक्ष प्रचण्डले हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने बताएका हुन् ।

उनले मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएको बताए ।

उनले भने, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन् । हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ। मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।’

यस सन्दर्भमा, नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवंम् सहकार्यको संस्कृतिलाई सवलिकृत तुल्याउन ईद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको बताए । यो पर्वले मान्यजनबाट आशिर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्‍न उत्प्रेरित गरेको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया