Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मैत्रीपूर्ण फुटबलमा सेना विजयी

News and Updates
2 दिन अघि

काठमाडौँ, १८ चैत । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ ।

सेनाले रक्षा समाचारदाताको टोलीलाई ९–८ गोलअन्तरले पराजित गरेको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औँ स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

निर्धारित समयमा दुवै टोलीले ४–४ गोलको बराबरी खेल खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय गरिएको थियो ।

पेनाल्टीमा सेनाको टोलीले पाँच र रक्षा समाचारदाताको टोलीले चार गोल गरेको थियो । यसअघि रक्षा समाचारदाताको तर्फबाट शिशिर बस्नेत एक्लैले चार गोल गरेका थिए ।

यसअघि सैनिक तालिम महानिर्देशक ध्रुवप्र्रकाश शाहले रेफ्रिलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए ।

प्रतियोगितामा सेनाका तर्फबाट प्रवक्ता गौरवकुमार केसी र समाचारदाताका तर्फबाट उजिर कार्कीले कप्तानको जिम्मेवारी निभाएका थिए ।

विगत चार वर्षदेखि निर्देशनालयको स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गरिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया