Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा

News and Updates
2 दिन अघि

काठमाडौं । वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ ।

आइतबार निधन भएका कोइरालाको पार्थिव शरीर आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयमा राखिएको हो ।

वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ समेत भनेर चिनिएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको थियो ।

पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा आइतबार राति निधन भएको हो ।

कमल पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि सक्रिय थिए ।

किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।

उनीबाहेक कोइराला परिवारका अन्य व्यक्त वामपन्थी राजनीतिमा छैनन् । कोइरालाको आजै अन्तिम संस्कार गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया