Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पत्रकार हत्या र सञ्चारमाध्यम तोडफोड गर्नेलाई कारबाहीको माग

News and Updates
2 दिन अघि

रामेछाप । राजावादीका नाममा पत्रकारको हत्या गर्ने तथा सञ्चारमाध्यम माथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रामेछापले स्थानीय प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंलबार जिल्ला प्रशासन कार्यालयमा गइ प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई पत्रकारहरूले ज्ञापनपत्र बझाएका हुन् ।

ज्ञापनपत्रमा पत्रकार सुरेश रजकका हत्यारालाई कारबाही गर्नुपर्ने, सञ्चार माध्यममा क्षति पु¥याउनेलाई कारबाही गरी क्षतिपूर्ति दिनुपर्ने, पत्रकारको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।

सरकारले ७ दिनभित्र घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास महासंघले व्यक्त गरेको छ । अन्यथा सरकार विरुद्ध आन्दोलनका कार्यक्रम ल्याउन चेतावनी दिएको छ ।

ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष दीपक घिमिरे लगायतका महासंघका पदाधिकारी, सदस्यहरू लगायत गएका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले काठमाडौँका चैत १५ गते भएको घटना अति दुखद घटना भएको बताउँदै घटनामा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउने विश्वास दिलाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया