Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रामेछापमा एमालेले निकाल्यो गणतन्त्रको पक्षमा सचेतना र्याली

News and Updates
2 दिन अघि

रामेछाप । नेकपा एमाले रामेछापले सदरमुकाम मन्थलीमा सोमबार गणतन्त्रको पक्षमा सचेतना ¥याली निकालेको छ ।

प्रतिगामी तथा अराजक प्रवृत्तिका विरुद्ध नागरिकलाई सचेत गर्न एमालेले जनप्रदर्शन गरेको हो । मन्थली स्थित पार्टी कार्यालयबाट सुरु भएको ¥याली बजार परिक्रममा गरेर कोण सभामा परिणत भएको थियो ।

पार्टी कार्यालयबाट देवकोटा चोक, बिपी चोक हुँदै मदन आश्रित चोकसम्म जनप्रदर्शन गरिएको पार्टी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । प्रदर्शनमा सहभागी एमालेका नेता कायकर्ताहरूले पूर्वराजा ज्ञानेन्द्र शाह र निरङ्कुशता विरुद्धमा नारा लगाएका थिए ।

¥याली पछि देवकोटा चोकमा आयोजित कोण सभामा बोल्दै पार्टी पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँले अब निरङ्कुशता कुनै पनि हालतमा सम्भव नभएको बताए ।

एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधानको सर्वोच्चता, देशको स्वाभिमान, स्वतन्त्रता र समृद्धिको पक्षमा काम गरेपछि त्यसलाई असफल गराउन अहिले देशी विदेशी शक्ति लागेको उनले स्पष्ट पारे । यस्ता शक्तिलाई गणतन्त्रका पक्षधरहरूले सामूहिक प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।

कोण सभालाई पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, प्रदेश कमिटी सचिवालय सदस्य एवं स्कुल विभाग प्रमुख शान्तिप्रसाद पौडेल र जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले सम्बोधन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया