Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तीनकुनेको घटना राजनीतिक घटना मात्र नभई घटनाक्रम हो : सांसद झा

News and Updates
2 दिन अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद मनिष झाले चैत्र १५ गतेको राजनीतिक घटना मात्र नभई राजनीतिक घटनाक्रम भएको बताएका छन् ।

सोमबार संसद बाहिर उनले अस्तिको घटनाक्रमबाट धेरै कुराको सुरुवात पनि हुन सक्ने भन्दै यसलाई गम्भिरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले १०, १५ हजार आउदै जादैँ गर्छन् भन्दै गर्दा अस्ति ४ हजार पनि सम्हाल्न सक्नु भएन् । यो एउटा हामीले बुझ्नु पर्ने, राजनीतिक घटना र घटनाक्रम फरक कुरा हो । अस्तिको घटना मात्र होइन्, घटनाक्रम हो त्यसबाट धेरै कुराको सुरुवात पनि हुन सक्छ । त्यसैले यसलाई गम्भिरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्दछौ ।’

यसको साथै, उनले उक्त घटना संविधान र कानूनको दायराभन्दा बाहिर गएर भएको भन्दै त्यसमा रास्वपाको समर्थन नभएको बताए ।

उनले भने, ‘चैत्र १५ गते भएको घटना संविधान र कानूनको दायराभन्दा बाहिर गएर भएको छ र त्यसलाई हामी स्विकार गर्दैनौ, हाम्रो समर्थन पनि छैन् । दोस्रो कुरा यसको छानबिन गरियोस् भनेर सचिवालय बैठकबाट निर्णय गरेका छौ र तेस्रो आज सदनमा बोल्दै गर्दा पनि यसको स्पष्ट छानबिनको माग गरेको छु ।

यसमा राज्य र गृह प्रशासनको तर्फबाट जुन तयारी हुनुपर्ने थियो, त्यो भएन भन्ने कुरा स्वंम आज प्रधानमन्त्रीले सदनमा स्विकार गर्नु भईसकेको छ । त्यो कमजोरी प्रधानमन्त्री आफैले स्विकार गरिसकेपछि त्यसमा धेरै कुरा गर्नै परेन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया