News and Updates

जनकपुर । नेकपा एमालेले जनकपुरधाममा वृहत मोटरसाइकल ¥याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी सोमबार पार्टीले वृहत मोटरसाइकल ¥याली निकालेको छ ।
करीब पाँच हजारको संख्यामा जिल्ला अदालतस्थित पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल र्याली नगर परिक्रमा गरी तिरहुतिया गाछी पुगेर समापन भएको थियो ।
¥यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरुले नेकपा एमाले जिन्दावाद, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका थिए ।
¥यालीपछि एमाले नेता उमाशंकर अरगरियाले पूर्वराजाको गतिविधी, हत्या, हिंसा, लुटपाट जस्ता घटनाहरुप्रति सजग गराउनका लागि ¥याली निकालिएको जानकारी दिए ।
नेता अरगरियाले लोकतन्त्रका लागि जनताहरु पूर्ण रुपमा जागरुक रहेको भन्दै गणतन्त्र पक्षधरहरुले ¥याली निकालेको बताए । देशमा फेरी राजतन्त्र आउन असम्भव रहेको उनले दाबी गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया