Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

खेर गएका मोबाइल सेट पुनःप्रयोगमा ल्याउने व्यवसाय फस्टाउँदो

News and Updates
2 दिन अघि

एजेन्सी । चीनमा मोबाइल फोन रिसाइक्लिंग उद्योग फस्टाउँदै गएको छ । चीनमा, हरेक वर्ष ६० देखि ७० करोड मोबाइल फोनहरू फ्याँकिन्छन् । तीमध्ये धेरैजसो पुनः प्रयोग गरिदै आएको छ ।

कुनै स्मार्ट फोनलाई रिसाइकल गर्नका लागि र पुनः विक्री गर्नका लागि एजेन्सीहरुले गहन अध्ययन गर्ने गरेका छन् । पुनः प्रयोग गर्न नसक्नेहरूलाई भएका डाटाहरु पूर्ण रूपमा मेटाइन्छ र पार्टपुर्जाहरू निकाल्ने गरिन्छ ।

‘खारेज गरिएका सबै मोबाइल फोनमा रहेका सबै इलेक्ट्रोनिक चिप्सलाई पगाल्नेछौं र उपलब्ध स्रोतहरूमा परिणत गर्नेछौं,’चाइना रिसोर्सेस रिसाइक्लिङ्ग ग्रुप अन्तर्गत टेक्नोलोजी इनोभेसन एण्ड डिजिटल इन्टेलिजेन्स डिपार्टमेन्टका महाप्रबन्धक के यानचुनले भने ।

भविष्यमा देशब्यापी रुपमा मोबाइल फोन सुरक्षित रिसाइक्लिङ्ग डिस्पोजल मोडेल तयार गर्ने र पुनः प्रयोग प्लेटफर्म स्थापना गर्ने पनि उनले बताए ।

चाइना एसोसिएसन अफ सर्कुलर इकोनोमीका अधिकारीहरूका अनुसार यस वर्ष पुनः प्रयोगका लागि तयार गरिएका घरेलु उपकरणहरूको संख्या २० करोड नाघ्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया