Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै

News and Updates
1 दिन अघि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् ।

लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् ।

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।

तर लामिछानेले संबिधान विपरित सांसदबाट आफुलाई निलम्बन गरिएको बाताउँदै आएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया