Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आजको मौसमःयी स्थानमा हिमपातको सम्भावना

News and Updates
1 दिन अघि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको र गण्डकी प्रदेशका उच्च पहाडी तथा

हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको महाशाखाले जनाएकोे छ ।
महाशाखा अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया