Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने

News and Updates
1 दिन अघि

वीरगञ्ज पर्सा,चैत १९ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आम जनता पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।

‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उनले भने ,‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’

फेसबुकबाट तपाईको प्रतिक्रिया