News and Updates

काठमाडौं । चैत १५ र १८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।
आज मंगलबार चैत्र १९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पथ्वी सुब्बा गुरुङले उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।
चैत १५ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु :
१. मिति २०८१ चैत १५ गतेका पलभ्यानमार केन्द्र भई मित्रराष्ट्रहरू म्यानमार र थाइल्याण्डमा गएको विनाशकारी भूकम्पबाट हुन गएको धनजनको क्षतिप्रति नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दछ। उक्त भूकम्पमा घाइते भएकाहरूको नेपाल सरकार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। साथै, सो भूकम्पका कारण मृत्यु हुनेहरूमूषु भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र त्यहाँका जनतामा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी नेपाल सरकार कामना गर्दछ,
२. मिति २०८१ चैत १५ गतेका दिन पूर्वराजाका समर्थकहरूद्वारा काठमाडौँको तिनकुने र आसपासका क्षेत्रहरूमा भएको अराजक प्रदर्शनका क्रममा निजी, सार्वजनिक एवं सरकारी सम्पत्ति, अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहहरूमा भएको आक्रमण, आगजनी र तोडफोड एवं अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतङ्क फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुङ्गामुढा, आगजनी र मानिसको ज्यान जाने गरी अमानवीय र गैरकानूनी कार्य गर्ने, तोडफोड र लुटपाट गर्ने जस्ता कार्यहरू भएकोमा नेपाल सरकार घोर भत्र्सना गर्दछ ।
नेपाल सरकार उक्त प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । सो क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। उक्त प्रदर्शनका क्रममा घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने। उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने ।
यस्तै, चैत १८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु ः
१.अर्थ मन्त्रालय अन्तरगत
क) आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गर्ने,
(ख) आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको हिस्साको अनुमानित रकम स्वीकृत गर्ने,
(ग) आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने,
२.धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारवाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने,
३. नेपाल स्टक एकस्चेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा श्री चुडामणी चापागाईं, झापालाई नियुक्त गर्ने,
४.२०८२ वैशाख २२ गतेदेखि २६ गतेसम्म स्वीट्जरल्याण्डको Basel मा सञ्चालन हुने Dealing With the Pust Advanced Course विषयक कार्यक्रममा सहभागिता जनाउन सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री पाराश्वर ढुङ्गाना र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री खेमराज ज्ञवालीलाई स्वीकृति प्रदान गर्ने,
५. २०८१ चैत २६ र २७ गते नेपालमा आयोजना हुने बिम्स्टेकको कृषि मन्त्रीस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक कार्यक्रममा मन्त्रीस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, सचिव (कृषि विकास) डा. गोविन्द प्रसाद शर्मा र सचिव (पशुपन्छी विकास) डा. राजेन्द्र प्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
६. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ डा. प्रद्युम्नराज पाण्डेलाई नियुक्त गर्ने,
७. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने,
८. मित्रराष्ट्र म्यानमारमा हालै गएको विनाशकारी भूकम्पवाट जनधनको क्षति भएको सन्दर्भमा म्यानमार सरकारलाई औषधिलगायतका राहत सामग्री उपलब्ध गराउने नेिपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने,
९. नेपाल सरकारको नाममा दर्ता रहेको लमजुङ जिल्ला साविक सुन्दरबजार गा.वि.स. वडा नं. ९ को १५–१–१–० रोपनी सार्वजनिक जग्गा सुन्दरवजार अस्पतालको भवनलगायतका भौतिक संरचना निर्माण गर्न सुन्दरवजार नगरपालिका लमजुङलाई उपयोग गर्न स्वीकृति दिने,
१०. २०८२ साल वैशाख २ गतेदेखि ४ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने The 2025 Edition of ECOSOC Youth Forum कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीलाई सहभागी हुन स्वीकृति दिने,
११. नेपाली सेना, सैनिक साधारण सेवाका एकजना सहायक रथीको सरुवा गर्ने,
१२. माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको २२० के. भी. विद्युत प्रशारण लाईन आयोजना निर्माणको लागि रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं १ मा रहेको राष्ट्रिय वनको २.७६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने,
१३.२०८१ चैत २४ मा दक्षिण कोरियाको राजधानी सिओलमा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले आयोजना गर्ने एकता महाधिवेशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुणकुमार चौधरीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
१४. संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २०८२ वैशाख ८ गतेदेखि आयोजना हुने Twenty–fourth session of the United Nations Permanent Forum on Indigenous Issues (UN–PFII) मा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राज कुमार गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने,
१५.२०८१ चैत २५ गतेदेखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुने Commission on Population and Development
को ५८ औं सत्रमा सहभागिताको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई स्वीकृति प्रदान गर्ने,
१६. नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत्र १९ गते मङ्गलबार राति १२ः०० बजेदेखि अन्त्य हुन सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया