Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह

News and Updates
7 दिन अघि

काठमाडौँ, २२ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा सृजनशील भएर लाग्न युवा तथा विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले, झापा काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा आज यहाँ आयोजित विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका उनले आफ्नो ज्ञान, सीप र क्षमता स्वदेशमा नै उपयोग गर्दै समाजवादको लक्ष्य प्राप्तितर्फ लाग्न आह्वान गरे ।
जीवन उपयोगी, व्यावसायिक तथा उत्पादनमुखी शिक्षालाई सरकारले प्रवद्र्धन गरिरहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र केही हुँदैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए ।
राजनीतिक अस्थिरताको अन्त्य गर्दै विकास निर्माण र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन एमाले पहिलो शक्ति हुन जरुरी रहेको पनि उनले बताए । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने गरी आ–आफ्नो क्षेत्रमा काम गर्न उनको आग्रह छ ।
कार्यक्रममा झापाबाट काठमाडौँ आई अध्ययन गर्ने क्रममा गत स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसबाट निर्वाचित हुने अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुलाई बधाई ज्ञापन गरिएको मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया