Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

News and Updates
3 दिन अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पु¥याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।

उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा लगिएको थियो ।
भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया