Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

थारु विद्यार्थी समाजको अध्यक्षमा बिमल चौधरी निर्वाचित, प्रतिद्वन्दी गीता चौधरी ३३ मतान्तरले पराजित

News and Updates
3 दिन अघि

२५ चैत, नवलपरासी । थारु विद्यार्थी समाजको सातौं महाधिवेशनबाट बिमल चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । नवलपरासीको डन्डामा सम्पन्न महाधिवेशनमा प्रतिद्वन्दी गीता चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

उनले ८१ मत प्राप्त गर्दा प्रतिद्वन्दी गीता चौधरीले ४८ मत प्राप्त गरेकी थिईन् । यस्तै महाधिवेशनबाट उपाध्यक्षमा बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत र लक्ष्मी थनेत निर्वाचित भएका छन् ।

 

 

महासचिवमा सप्तरीका चन्द्रप्रकाश चौधरी र उपमहासचिबमा दाङका अर्नब चौधरी र सुनसरीकी सोनम चौधरी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा सन्दिप चौधरी निर्वाचित भएका छन् ।

विमल चौधरी नेपाली कांग्रेस निकट मानिन्छन् भने गीता चौधरी रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा निर्वाचनमा समेत चुनाव लडेकी थिईन् ।

महाधिवेशनमा २५ जिल्लाबाट दुई सय हराहारीमा प्रतिनिधिहरु सहभागि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया