News and Updates
4 घण्टा अघि

काठमाडौं । हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।
छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन् ।
बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया