Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

काङ्ग्रेस, एमाले र माओवादीका युवाहरु सबै हामीसँगै आउनुहोस : सांसद सिंह

News and Updates
1 हप्ता अघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले काङ्ग्रेस, एमाले र माओवादीले दुई दशक सरकार चलाएपनि देशलाई केही दिन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले ४, पाँट पटक प्रधानमन्त्री बनेर सरकार चलाए पनि राष्ट्र र जनतालाई केही दिन नसकेको भन्दै काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुले मिलेर देशलाई सहि दिशामा लान आग्रह गरे ।

उनले भने, ‘यो तस्करले चलाएको सरकार हो । यस्तो भ्रष्ट सरकारलाई जरैबाट उखालेर फ्याक्दिउ । काङ्ग्रेस, एमाले र माओवादीका मित्रहरुलाई पनि भन्छु दुई दशक भइसक्यो उहाँहरुकै मान्छे चार–पाँच पटक प्रधानमन्त्री बनेर चलाए तर के दिए ? त्यसैले काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुलाई हामी सँगै मिलेर देशलाई सहि दिशामा लगौं ।’

यस्तै, उनले देश समाप्त हुने अवस्थामा पु¥याएको र भ्रष्टचारले डुबाएको भन्दै राष्ट्र बैंकको गभर्नर एक महिना अगाडि नियुक्ति गर्ने तयारी गर्नुपर्ने आजसम्म पनि भाउताउ मिलाइरहेको बताए ।

नौं महिनासम्म अस्पतालमा औषधी उपचार गर्नका लागि बस्ने अशक्त, मानसिक अवस्था बिग्रिएको मान्छेहरुले देश कहाँ लैजान्छन् भन्ने ठेगान नभएको पनि उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया