News and Updates

कामठाडौं । खेलकुद तथा युवा मन्त्री तेजुलाल चौधरीले नेपालमा आँखा उपचार सेवा एकदमै राम्रो हुँदै गइरहेको बताएका छन् ।
मंगलबार नेपाल आँखा अस्पतालको ५१ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपालमा आँखाउचार सेवा एकदमै राम्रो हुँदै गइरहेको भन्दै आगामि दिनमा पनि अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
उनले भने,‘आगामी दिनमा पनि यो संस्थाले विकट र दुर्गम गरिब दुखी जनतालाई स्वास्थ्य सेवा प्रदानगर्दै सेवा सुविधालाई समयानुकुल र प्रभावकारी हुन सकोस् भन्ने अपेक्षा लिएको छु । अहिले नेपालमा आँखा उपचार एकदम राम्रो भइरहेको छ । भारतबाट पनि अहिले नेपालमा उपचारको लागि आउँने गरेको छन् ।’
त्यस्तै उनले विभिन्न बाधा अवरोध र कठिनाईका बाबजुत पनि यस अस्पताललाई अहिलेको स्थानसम्म ल्याएकोमा धन्यवाद दिए ।
उनले विश्वस्तरमा नै नेपालका आँखा अस्पतालहरु राम्रो र उत्कृष्टि छ भन्ने कुरा पुष्टि भएको पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया