Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

News and Updates
1 हप्ता अघि

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षीक साधारण सभा एवं उदघाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको बताएका हुन् ।

उनले भने, ‘विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड १९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले अर्थतन्त्रमा केही दबाव महसुश भएको छ । तर सरकारी चुनौतिहरुको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न दृढसंकल्पित रहेको छ ।’

साथै मन्त्री भण्डारीले सरकारले उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा राखेको बताए । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन र विभिन्न नीतिगत तथा कार्यक्रमिक प्रयासहरु सरकारले थालिरहेको बताए ।

उनले भने, ‘उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको छ । हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन र विभिन्न नीतिगत तथा कार्यक्रमिक प्रयासहरु थालेका छौं ।’

उद्यमी व्यवसायीको मनोबल अझै बढ्न सकेन् : अध्यक्ष ढकाल
यसैगरी उद्योग वाणिज्य महासंघमा अध्यक्ष चन्द्र ढकालले उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको बताएका छन् । उनले जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारिमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न नसकिने बताए ।

उनले भने, ‘उद्मी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको देशभरका करिब २४० संस्थाहरुसँग गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन महासंघ छिट्टै सार्वजनिक समेत गर्नेछ । व्यक्तिगत रुपमा भन्ने हो भने म निराश होइन आशा चाँही छर्न चाहन्छु । अवस्था सुधारन्मुख छ, तर हाम्रा युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार प्रर्याप्त छैन् । जबसम्मदेशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराश त्यसकै परिणाम हो । ’

फेसबुकबाट तपाईको प्रतिक्रिया