News and Updates

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वंश गुरुङको हुलाक टिकटमा पहिलो टाँचा लगाउन पाएकोमा गर्व महशुस भएको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वंश गुरुङले नेपाललाई स्वतन्त्र राख्ने काममा महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यस्तो व्यक्तिको हुलाक टिकट प्रकाशन गर्न र टाँचा लगाउन पाउँदा गर्व लागेको बताए ।
उनले भने, ‘वंश गुरुङको जुन हुलाक टिकट हामीले प्रकाशन गरेका छौ, यो सामान्य कुरा भएपनि उहाँ सिन्धुलीगढीको लडाइँ जित्नका लागि महत्वपूर्ण भूमिकामा रहेको सेनापति हुन् । नेपाललाई स्वतन्त्र राख्ने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको व्यक्तिको हिसाबले वंश गुरुङको हुलाक टिकट प्रकाशन गर्ने काम म आफंैले गर्न पाउँदा एकदमै गर्व महशुस भएको छ ।’
यस्तै, उनले वंश गुरुङ राष्ट्रिय विभूतिको हकदार भएको भन्दै राज्यले कुनै दिन राष्ट्रिय विभूतीहरुमा नाम थप्ने निर्णय गर्यो भने उनको नाम पर्नुपर्छ भनेर सबै लाग्नुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया