News and Updates
2 दिन अघि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आज एकैदिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन तोलाको १ लाख ८५ हजार पुगेको छ । अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया