Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संम्वाहक हुन् : मन्त्री यादव

News and Updates
7 दिन अघि

वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन् ।

आज वीरगञ्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरुको ‘बिदाई कार्यक्रम २०८१’ लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरु भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका सम्वाहक भएको बताएका हुन् ।

उनले भने, ‘विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन । बिद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका सम्वाहक हुन् ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘बिदाई कार्यक्रम २०८१’ मा सहभागि विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ठ अङ्क प्राप्त गरी पर्सा जिल्ला सहित देशभरीमा नाम आफ्नो रोशन गर्नका लागि शुभकामना समेत दिए ।

उनले भने, ‘म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै बिद्यालयहरूबाट जन्मिनेछन् । सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला ।’

एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै मन्त्री यादवले अब वीरगञ्जवासीका घरघरमा पाइपमार्फत निःशुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया