Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नयाँ बर्षमा घुमघाम : कर्णालीमा कहाँ घुम्ने ?

News and Updates
2 दिन अघि

सुर्खेत । नयाँवर्ष २०८२ भित्रिएको छ । नयाँ बर्षमा कतै नयाँ ठाउँमा घुम्ने योजना बनाउनेहरुकालागि कर्णाली एक आकर्षक गन्तव्य हुनसक्छ । नयाँ बर्षको सदुपयोग गर्न धेरैले आफ्नो पायक पर्ने रमणीय स्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ ।

अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । तपाइले पनि नयाँ बर्षमा कर्णाली घुम्ने योजना बनाउनु भएको छ भने यीठाउँहरु उपयुक्त हुन सक्छन् ।

 

कर्णालीका आकर्षण

कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरु पहिचान गरी पर्यटनगन्तव्यका रुपमा घोषणा गरिसकेको छ । प्रदेश राजधानी सुर्खेतमै केही प्रसिद्ध पर्यटकीय स्थलहरु छन् ।
देउतीबज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीको रुपमाचिनिएको देउतीबज्यै, शहिदपार्क लगायतका स्थानहरु सुर्खेतको वीरेन्द्रनगर भित्रकै आकर्षणहुन् । त्यस्तै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटालगायतका स्थानहरुले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।

यि गन्तव्यसँगै दैलेखको पञ्चकोशी, कालिकोटको पचालझरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको से फोक्सुण्डो ताल लगायतका पर्यटकीय गन्तव्यहरुले कर्णालीको मात्रहोइन मुलुककै पहिचान दिइरहेका छन् ।

त्यसका साथै कर्णालीका केहीमानवनिर्मित स्थानहरुले पनिकर्णालीको पर्यटकीय सम्भावनाबोकेका छन् । तीमध्ये सुर्खेतको सहिदपार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजलस्थित पेट्रोलियमपदार्थ उत्खनन् स्थल, कालिकोटको पिली क्षेत्र (युद्धपर्यटकीय स्थल) राष्ट्रगुरु योगीनाथको जन्मस्थान नरहरीनाथको लालु, कालिकोटको त्रिवेणीपाटन, रुडुबन्चुलगायतका क्षेत्रहरु कर्णालीका पर्यटकीय सम्भावनाबोकेका क्षेत्रहरु हुन् ।

कसरी जाने ?

कर्णालीकायी सबै पर्यटकीयगन्तव्यहरुमापुग्नकर्णालीको राजधानीआउनै पर्छ । काठमाडौदेखि सुर्खेतसम्महवाइजहाज र बसको यात्रा गर्न सकिन्छ । काठमाडौदेखि सुर्खेत हजाइजहाजले १ घण्टा १० मिनेट र बसमा २४ घण्टाबढी समय लाग्ने गर्दछ । सुर्खेत पुगेपछिकाँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै र सहिदपार्कको घुमघामका एकै दिनमा सकिन्छ । अनिबाँकीअन्यजिल्लाहरुमा स्थल र हवाई मार्ग दुवै प्रयोग गर्न सकिन्छ । डोल्पा, जुम्ला, हुम्ला र मुगु जिल्लामाहवाई यात्राकालागि नेपालगन्जभएर जान सकिन्छ ।

सुर्खेत पुगेपछि एक पटक धेरै पर्यटकीयस्थलहरुमाघुमघाम गर्न पाइन्छ । सुर्खेत आउने जोकोहीकालागिपनिबुलबुले ताल, काँक्रेविहार र देउतीबज्यैको दर्शन प्रमुखआकर्षक मानिन्छ । कर्णालीप्रदेशको राजनधानीभएसंगै सुर्खेतकायी पर्यटकीय स्थानहरुले पर्यटकको आकर्षणबढाएकाछन् ।

सुर्खेत कर्णालीप्रदेशको राजधानीसंगै यो प्रदेशको प्रदेशद्धार पनिहो । कर्णालीकाथुप्रै पर्यटकीय स्थलहरु मध्येको सुर्खेतकायी स्थलहरुले पर्यटकहरुलाइई आकर्षण गरिरहेका छन् ।

देउतीबज्यै

देउतीबज्यै कर्णालीप्रदेशकै मुख्यधार्मिक पर्यटकीयस्थलका रुपमाचिनिएका छ । सुर्खेत पुग्ने वित्तिकै गंगामाला देउतीबज्यैको मन्दिरको दर्शन गर्न पाइन्छ । रत्न राजमार्गको नेपालगन्ज–सुर्खेत खण्डको पिपिरादेखि दुई सय मिटर दक्षिणमाअवस्थित यो मन्दिर हिन्दु धर्मावम्वीहरुको प्रमूखआकर्षणपनिहो । गंगामाला देउतीबज्यै मन्दिरको इतिहास सुर्खेतमाबसोबास गरिरहेका पुरानो राजीजातिसँग जोडिएको छ । देउतीमाईका सात बहिनीमध्ये केशमाला सल्यानकालीकामाटी, रतनमाला सुर्खेत गोच्चे पोखरा, रुद्रमाला सुर्खेत सुबाघाट, चतुर्मालाकल्याण सुर्खेत, चामामाला बबैगुठीबर्दिया, राममालाछिन्चु सुर्खेत र गंगामालानयाँगाउँपिपिरा सुर्खेत रहेको भन्ने जनविश्वास छ । देउतीबज्येको दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास रहीआएको छ ।

बुलबुले ताल

सुर्खेतको बुलबुले तालकर्णालीप्रदेशकै प्रमूख पर्यटकीयआकर्षणहो । कर्णालीप्रदेशको स्थायी राजधानीभएसंगै बुलबुले तालमाआउने पर्यटकहरुको संख्यामापनि बृद्धिभएको छ । जमिनमुनिबाटबुलबुलगर्दै पानीआउने भएर नै यसको नामाकरणबुलबुले ताल गरिएको हो ।

३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुलेल तालकर्णालीप्रदेशकै प्रमुख पर्यटकीयगन्तव्यहो । बुलबुलेमा गार्डेन, शान्तिपार्क, पिकनिक स्थलसहितएउटापछिलले समय बोटिङ गर्न पाइएने भएपछि दैनिक पर्यटकहरुको संख्याबढी रहेको छ ।

पिकनिककालागिआवश्यक सामग्रीहरू त्यहीं किन्न सकिन्छभने तालबाटनिस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ । तालको पूर्वतिरका ५ धारमा महिला र दक्षिणतर्फका धारमा पुरुषहरुले नुहाउने गरिएको छ ।

काँक्रेविहार

सुर्खेतको काँक्रेविहार दोस्रो लुम्विनीका रुपमा परिचित छ । तेह्रौ शताब्दीतिर काँक्रेविहार निर्माणको अनुमान गरिए पनियसको आधिकारिक तथ्यभने भेटिएको छैन ।

बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनकाशिष्यअनुयायीहरुले बौद्धविहार भत्काई शिवमन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइलीशिवमन्दिरको स्थापना गरिएको हो भन्ने पनिअनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्धलामा समेतलाई लिने गरिएको छ ।

काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्टशिल्पकारी कारिगरले विभिन्नआकारमा रहेका ढुङ्गाहरुमाविभिन्नप्रकारका बुट्टाहरु कुदेको भग्नावशेष पाइन्छ । प्रायःजंगलभरी यस्ता बुट्टाहरु कुदिएकाढुङ्गाहरु भेटिन्छन् ।

बुद्धको मुर्ति पाउनु र स्थानको नाममापछाडीविहार जोडिएबाट यो भग्नावशेष भगवान् बुद्धसँग सम्बन्धितमानिएको छ । २०७१ सालको भुकम्पले भग्नावशेष भएको काँक्रेविहारलाई पुर्ननिर्माणसंगै यहाँआउने पर्यटकहरु बढेका छन् । काँक्रेविहार क्षेत्रमाघोडामाचढेर घुम्नमिल्ने भएपछि स्थानीय पर्यटकको पनि रोजाईमा परेको छ ।

ज्वाला र पञ्चकोशी

सुर्खेतबाटकर्णालीको याात्रामानिस्कने जो कोहीकालागि सुर्खेतको छिमेकीजिल्ला दैलेखमा रहेको श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिलापञ्चकोशी क्षेत्र पर्यटककालागिअर्को रोजाई हुन् ।

पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलितज्वालाबलिरहेको दृश्य हेर्न तथायहाँतीर्थ गर्न नेपालीका साथै भारतीयहरु पनिआउँछन् । श्रीस्थानको ज्वाला क्षेत्र अन्तर्गत १०८ शक्तिपीठ पर्दछन् ।

भैरवी, मालिका, स्वामीकार्तिक्य, बिन्ध्यावासीनी, लामाद्वालाआदिचर्चित छन् । पञ्चकोशीज्वाला क्षेत्र हिन्दू धर्मावलम्वीको लागिमात्रनभएर बौद्ध धर्मावलम्बीको लागिपनिउत्तिकै महत्वपूर्ण मानिन्छ ।

पञ्चकोशीदर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीयआनन्द र शान्तिप्राप्तहुने धार्मिक विश्वास रहँदै आएको छ । श्रीस्वस्थानीव्रतकथासँग जोडिएकापाँचवटापवित्रतीर्थ दैलेखमै छन् । यहाँअहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियमपदार्थ भण्डार रहे÷नरहेको अनुसन्धानगर्दैछ । दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विकहिसाबले धनी छ । पुरातात्विकधारा, मठमन्दिर, देवलप्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीयगन्तव्यमा पर्दछन् ।

पञ्चकोसी ज्वाला क्षेत्रमा पेट्रोलियमपदार्थको भण्डारण रहेको मानिन्छ । दैलेख धार्मिक, ऐतिहासिक, सांस्कृतिकतथा पुरातात्विकमहत्वकाहिसाबले दैलेख महत्वपूर्ण जिल्लाहो ।

सुर्खेतदेखि बस यात्रामा साढे तीनघन्टामा दैलखेको रानीमत्ता गुराँसे लेक हुँदै सदरमुकामपुग्न सकिन्छ । दैलेख बजार पुगेपछि कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु र पञ्चकोसी धार्मिक पर्यटनविकास (पञ्चकोसी ज्वाला क्षेत्र) छनोट गर्न सकिन्छ ।
पचालझरना

कालिकोटको पचालझरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचालझरना’उत्कृष्टनयाँ पर्यटकीयगन्तव्यमापर्छ । ३ सय ८१ मिटर लम्बाइभएको यो एसियाकै सबैभन्दाअग्लो झरनाका रूपमादाबी गरिएको छ ।

तर हाल ३ सय ६५ मिटर अग्लो तेह्रथुमस्थितह्यातुङ झरना नेपालकै सबैभन्दाअग्लो झरनाको रुपमा परिचित छ । कालिकोट सदरमुकामदेखि करिब १६ घन्टाको पैदल यात्रापछिपचालझरनामापुग्न सकिन्छ । पछिल्लो समय कर्णालीकरिडोर सञ्चालनभएपछिभचालझरना पुग्न केही सहजभएको छ । कर्णालीनदीको किनारै किनार झचालझरनासम्मपुग्दाथुप्रै आकर्षक दृश्यहरु पनि देख्न पाइन्छ ।

कालिकोटमापुगेपछि राष्ट्रगुरु योगी नरहरीनाथको जन्मस्थानपनिनजिकै छ । जसको नाममा योगी नरहरीनाथगाउँपालिकाको नामाकरण गरिएको छ ।

नरहरीनाथमापुगेपछिपाँचघण्टाको पैदल यात्रापछिअछामको रामारोसन र बाजुराको बढीमालिकापुग्न सकिन्छ । यो यात्रामा स्थानीयउत्पादनका परिकारहरु र अधिकत्म दहीदुध र महको स्वादलिन सकिन्छ ।

कुपिन्डे दह

सल्यानको बनगाडकुपिन्डे नगरपालिकाको सेजुवालटाकुरा, मार्के, माझकाँडा, धाजीपीपल र कजेरी बस्तीको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ ।

कुपिण्डे दहले वर्षमा तीनपटक वर्षा, हिउँद र गर्मी महिनामापानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनिकुपिण्डे दह पुग्दाआनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ ।
डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमश्रृङ्खलाको दृश्यावलोकनमाग्रामीण पर्यटक रमाउनथालेका छन् ।

कुपिण्डे दह ३४ मिटर गहिरो, २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाइआठ सय ३४ मिटर र चौडाइपाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।

चारैतिर पहाडले घेरिएको र बीचमानीलो पानीले भरिएको कुपिण्डे दहले त्यहाँपुग्ने जो कोहीलाई पनि मोहितबनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमानीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।

सल्यान सदरमुकामखंलङ्गाबाट एक घण्टाको बस यात्रापछिकुपिण्डे दह पुग्न सकिन्छ । वीरेन्द्रनगर सुर्खेतबाट २ घण्टाको बसको यात्रामाकुपियडे तालमापुगिन्छ । तालमाघुमेर फर्किए पछि सल्लीबजार, बालुवा संग्रही या खलंगागएर पनिबास बस्न सकिन्छ ।

शे–फोक्सुन्डो ताल
डोल्पाको शे–फोक्सुन्डो राष्ट्रियनिकुञ्जमापर्छ फोक्सुन्डो ताल । छिनमानीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छताल । काञ्जिरोवाहिमालको काखमाअवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ । यसको अधिकतमलम्बाइ ५.९३ किमि र अधिकतमचौंडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर । ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ ।

डोल्पाजिल्लाबाह्रै महिनाघुम्नकालागिउपयुक्त स्थानहो । डोल्पामै प्रसिद्धत्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रियनिकुञ्जमाहिउँचितुवापाइन्छ । तल्लो र माथिल्लो डोल्पापदयात्राकालागिउपयुक्तमानिन्छ ।

माथिल्लो डोल्पापदमार्गभित्र पर्ने नगलाघाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दाअग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यकाडोल्पामै पर्दछ । त्यस्तै, शे–फोक्सुण्डो रारा पदयात्राकालागि राम्रो सम्भावनाबोकेको क्षेत्र हो ।

काठमाडौं–सुर्खेत–जाजरकोट–डोल्पा सडक यात्राबसमाडोल्पा सदरमुकामदुनैसम्म गाडिको यात्रामाजानु पर्ने हुन्छ । सुर्खेत–जाजरकोट–डोल्पा सदरमुकामदुनैसम्म २५५ किमिसडकमा सहजै सवारी सञ्चालनमाछन् । जुफाल–सुलिगाड ८ किमिजीपमायात्रा गरेपछि। सुलिगाडबाटदुई दिन एक बिहानपदयात्रामाफोक्सुन्डो तालपुगिन्छ।तालनजिकखानबस्नकालागिहोटलहरुको सुविधा छ ।

लिमीउपत्यका

अझैपनि राष्ट्रिय सडक सञ्जालसँग जोडिननसकेको जिल्लाहो,हुम्ला । जिल्ला सदरमुकामसिमिकोटबाटकरिब एक हप्ताको पदमार्गपछिलिमीउपत्यकापुग्न सकिन्छ । ११ औँ शताब्दीको हल्जीगुम्बा र गाउँमा रहेका साना–ठूलागुम्बायहाँकामुख्यआकर्षणका केन्द्र हुन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृतियहाँकाअन्यआकर्षणहुन् ।

महँगामूर्ति, पौराणिकवास्तुकलालिमीकाथपविशेषताहुन् । पुराना गरगहना, यहाँको गुम्बामाकुँदिएकापौराणिककलाकृतिलगायतका वस्तु अति नै लोभलाग्दाछन् ।

प्राकृतिक सौन्दर्य, पर्यावरण जैविकविविधता र मानव सभ्यताको हिसाबले महत्वपूर्ण मानियको यो उपत्यका समुद्री सहतबाट १७हजार फिटउचाइमाअवस्थित छ । लिमीउपत्यकाको लाप्चानाकाबाटतिब्बतको कैलाशमानसरोवर दर्शन गर्न सकिन्छ ।

जाङ, हल्जी र तिलगाउँबाट कैलाशमानसरोवर पैदल पनिहिँडेर जान सकिन्छ । १९४५ सालमानिर्मित माना–पाथी, ढक–तराजुलगायतका सामग्रीअझैयहाँ संरक्षण गरी राखिएको छ ।

लिमीउपत्यकामै वनचौंरी, वनघोडा, वनबिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालु लगायतकादुर्लभ वन्यजन्तु पाइन्छ । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालितक्यामेरामा कैद तस्बिर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणितभएको छ ।

हिन्दु र बौद्ध दुबैको तीर्थस्थलमानसरोवर पुग्नहुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौंको संख्यामाभारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकामहो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । हुम्लाविश्वतीर्थयात्री र मानसरोवरका लागिप्रवेशद्वार पनिहो ।

स्यार्पु ताल

रुकुमको स्यार्पु तालबर्षातको समयमा एक पटकअवलोकन गर्नै पर्ने तालहो । मुसिकोटबाट रातामाटा, गाराघाट, छिन्खेत हुँदै स्यार्पु पुग्ने एउटाबाटो छ भने मुसिकोटबाट सल्ले, कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्काे बाटो छ ।

चारैतिर हरियालीगाँउबिचमा सुन्दर तालमा डुंगा शयर गर्नुको मज्जा बेग्लै छ । रुकुमजिल्लालाई पर्यटकीय दृष्टीकोणले अग्रपंतिमालिनको लागी यो स्यार्पु तालको उत्तिकै महत्व छ ।

रुकुम सदरमुकाम देखी १ दिनको पैदलदुरीमा पर्ने बाँफिकोटमाअवस्थित स्यार्पु तालमा रमाउनपुग्ने पर्यटककालागीहोमस्टे पनि सञ्चालनमाछन् । तालमा¥याफ्टिङ बोट सञ्चालनमाल्याईएको छ । ८ देखि १२ जना सम्मको क्षमता रहेको रबरको आधुनिक डुंगा सञ्चालनमाछन् ।

तालको चारैतर्फ मिलेर बनेका वस्तिहरु, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोहीबाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्शाएको छ । स्यार्पुतालमाजानकालागि सवारी साधनगाडि नै हो । रुकुमपश्चिम सदरमुकामखलंगापुगेर डिग्रे साई कुमारी मन्दिर दर्शन गरेर पनि स्यार्पु आउन सकिन्छभने सुर्खेतबाट७घण्डामा सुर्खेत पुग्न सकिन्छ ।

रारा ताल

रारा नेपालको भर्जिन पदमार्गसहितको गन्तव्यहो । साहसिकयात्राको गन्तव्यपनिहो । रारा तालबिहानकालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझतालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँगविचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लितबनाउँछ । तालमाबोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्दलिन सकिन्छ ।

नेपालकै सबैभन्दाठूलो र प्रसिद्धतालको हो रारा । कर्णालीप्रदेशको मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रमशाहले वि.स २०२० सालमा स्वर्गकीअप्सरा भनेर उपमादिएकाथिए । राजा महेन्द्रले अप्सरा नामदिएपछि राराको झन् महत्वबढ्दै गएको पुरानो किम्बदन्ती छ ।

समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा तालपुग्नअहिले बहुत सहजताआएको छ । यो मौषम रारा भ्रमणकालागिउपयुक्तमानिन्छ । रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७मिटर छ ।

रारा तालकुल १०.८ किलोमिटरमा फैलिएको छ । राराबाटफर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीयउत्पादन, घरेलु उत्पादनटोपी, कपडा, स्याउका परिकारहरू कोसेलीको रूपमाल्याउनसकिन्छ ।

सडक र हवाई दुवै माध्यमबाटजान सकिन्छ । हवाई यात्राकालागि नेपालगञ्जबाटमुगुको ताल्चाविमानस्थलसम्महवाई सुविधा छ । ताल्चाविमानस्थलबाटकरिब तीनघण्टा पैदल यात्रापछि रारा तालपुग्न सकिन्छ । हवाई यात्रानियमितउडाननहुन सक्छ । सुर्खेतको वीरेन्द्रनगरदेखि दुई दिनको बस यात्राबाटमुगुको गमगढीपुगिन्छ र गमगढीबाटकरिब ३ घण्टा पैदल यात्रामा रारा तालपुगिन्छ । रारा भ्रमणगर्दा खाने वस्नेलगायत औसतमा दैनिक २ हजार खर्च लाग्छ ।

नेपालगञ्जबाटताल्चाविमानस्थलसम्मको यात्राकरिब ६ हजार भएपनि यो रकम फेरबदलभइरहन्छ । वीरेन्द्रनगरबाट रारा जानकालागिनियमितगाडीबाटनिकै कठिनहुन्छ । त्यसैले फोर ह्वीलवालागाडी रिजर्भमा जाँदादिनको ६÷७हजार रुपैयाँखर्च लाग्छ ।

चन्दननाथमन्दिर

कर्णालीको प्रमुखधार्मिक पर्यटकीयस्थलचदननाथ भैरवनाथमन्दिर पनि एक हो । जुम्लाखलंगाको बीचमा रहेको चन्दननाथमन्दिरमा एक वर्षमा ५२ हप्ताहुने भएकोले ५२ हाते लिंगो खडा गर्नुपर्ने प्रचलन छ ।

लिंगोलाई रातो, सेतो, रङ्गीबिरङ्गीकपडाले ढाकिन्छ । लिंगोको टुप्पोमा पताकालगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममालिंगो भााँचियो वाखण्डितभयो भने पूरै देशमाअनिष्टहुन्छभन्ने जनविश्वास छ । देवताको जयघोष र पूजाआरती, भजनकिर्तनका साथलिंगो फेर्ने चलन रहेको छ । चन्दननाथमन्दिरसँगै जोडिएको बटुक भैरवनाथमन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ ।

६७० सालमाचढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य ३ हजार पटकभएको देखिन्छ । जुम्लाबाटअन्न र पैसा, कालिकोटबाटबाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडिपाखी, ठेटुवा र चौरी फुर्को ल्याउने परम्परा छ ।

जुम्ला राज्यको स्थापनासँगै १४४८ मा राजाबलिराजले चन्दननाथमन्दिरको निर्माण गरेका थिए । पटकपटक यो मन्दिरले विभिन्न समस्याझेल्दै आएको थियो । १८४६ मा जुम्ला राज्यकब्जामा परेपछिमन्दिरको भौतिक संरचनाध्वस्तभयो । त्यसपछिसिद्धचन्दननाथबाबाले मन्दिर निर्माण गरी चरणपादुकाबनाएर दत्तात्रयको मूर्ति राखेका थिए ।

चन्दननाथजानकालागि राराको यात्राबनाएर २ घण्टाखलंगापुगेर पनिघुमेर फर्किन सकन्छि । चन्दननाथमन्दिर दर्शन गर्न जाँदाजुम्लातातोपानीमापनिनुहाउनउपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीयगन्तव्य सिंजा उपत्यकापनिघुम्न सकिन्छ ।

सांस्कृतिकविविधता
कर्णालीप्रदेशको राजधानीघोषणाहुनु अघिपनि सुर्खेत तत्कालिनमध्यपश्चिमाञ्चलबिकास क्षेत्रको सदरमुकामहो । त्यसैले पनियहाँकर्णालीप्रदेशकाअन्य सबै जिल्लाकामानिसहरुको बसोबास रहेको छ भने सुदूरपश्चिमप्रदेशको अछामबाजुरालगायतकाजिल्लाहरुबाटपनिमानिसहरुको बसोबास छ ।

सबै जिल्लाकामानिसहरु यहाँबसोबास गर्ने भएकाले पहाड, हिमालतथा तराईको साँस्कृतिकविविधतापनिपाइन्छ । कर्णालीमामागल, झोडा, देउडालगायतविभिन्नजातजातीको संस्कृतीपनियहाँ हेर्न लायक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया