Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाली राजनीतिमा स्व.चन्द्रप्रसाद न्यौपानेको ठूलो योगदान छ : सभापति देउवा

News and Updates
6 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहार देउवाले नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा स्व.चन्द्रप्रसाद न्यौपानेको धेरै ठूलो योगदान रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित स्व.चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले न्यौपानेलाई नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको बताए ।

उनले भने, ‘स्व.नेता चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको छु । नेपाली राजनीतिमा र प्रजातान्त्रि आन्दोलनमा धेरै ठूलो योगदान दिनुभएको छ ।’

न्यौपानेले नपाली कांग्रेसको विभिन्न जिम्मेवार पदमा समेत रहेर भूमिका निर्वाह गरेको भन्दै उनले २०६२–६३ को जनआन्दोलनमा पटकपटक जेल जीवन समेत बिताएको स्मरण गरे ।

त्यस्तै, कांग्रेसका नेता मिनेन्द्र रिजालले चन्द्रप्रसाद न्यौपानेसँग आफ्नो पारिवारिक सम्बन्ध पनि रहेको भन्दै उनी एकदम सरल, शालिनपूर्ण र निष्ठावान व्यक्तित्व भएको बताए । कांग्रेसले उनलाई महत्वपूर्ण रुपमा सम्झनुपर्ने धारणा राखे ।

‘एकदम सरल, शालिनपूर्ण र निष्ठावान व्यक्तित्व नेता चन्द्रप्रसाद न्यौंपाने हुनुहुन्थ्यो । कांग्रेसले उहाँलाई सँधै एउटा नेताको रुपमा महत्वपूर्ण रुपमा सम्झनुपर्छ ’उनले भने

फेसबुकबाट तपाईको प्रतिक्रिया