News and Updates

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, ‘हामीले सामन्यतया समग्र राजनीतिक परस्थितीमा पनि विश्लेषण गर्यौं । शिक्षक आन्दोलनको विषयमा पनि छलफल भयो । सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ । बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुप¥यो भन्ने कुरा भयो । अझै सशक्त रुपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो, गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबैथोक हुँदैन । समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ ।’
साथै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने पनि उनले बताए । प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो, उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन । गठबन्धन दलबीच अझै समन्वय र सन्तुलन हुनुपर्छ, अझै सशक्त रुपमा सरकारलाई लानुपर्छ ।’
केही दिअअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै कांग्रेसले बूढानीलकण्ठमा बसेको बैठकबाट यस्तो जवाफ निकालेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया