Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी

News and Updates
2 दिन अघि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पछिल्लो समय जुन हिसाबले सम्पदालाई जोगाउँनुपर्ने हो त्यो नभएको बताएका छन् ।

शुक्रबार विश्व सम्पदा संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रालयको मातहतमा रहेर पुरातात्व विभागले जुन हिसाबले काम गरिरहेको छ त्यो पर्याप्त नरहेको बताएका हुन् ।

उनले भने, ‘७२ सालभन्दापछि जुन स्थितिले जुन हिसाबले हामीले देखेको छौं । र जुन हिसाबले हामीले यो सम्पदालाई जोगाउँनुपर्ने थियो । जुन हिसाबले हाम्रो मन्त्रालयको मातहतमा रहेर पुरातत्व विभागले जुन हिसाबले काम गरिरहेको छ पक्कै पनि पर्याप्त चाँही छैन् । सायद बजेटको समस्याले हुन पनि सक्छ ।’

उनले पुरातत्व विभाग र मन्त्रालयबीचमा एक किसिमको द्वन्द्वको अवस्था रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया