Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा मन्त्रीको सिंहको जोड

News and Updates
24 घण्टा अघि

चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ–पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए ।

सडक बनेलगत्तै ढल, खानेपानीको पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा सिंहको जोड छ ।

उनले भने, ‘खासकुरा शहरकोबिचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन,फाइबर बिछ्याउन भत्काइन्छ । जसले गर्दा जनतामा बाटो बनेपनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ ।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणतफजोड दिइरहेको बताए ।
उनले भने, ‘राम्रो काम होस् भन्ने जनताको चाहना छ । त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्याे भन्ने आम जनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ ।’

उनले संघीयताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए ।
जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ– पुल्चोक सडक खण्ड बनेको पनि सिंहले प्रष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया