Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सबै स्थानमा महिलाहरुको सहभागिता ५० प्रतिशत हुनुपर्ने

News and Updates
24 घण्टा अघि

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले सम्पूर्ण स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महिला पुनर्वास केन्द्र ‘ओरेक’ को ३४ औं वार्षिकोत्सव समारोहमा उनले महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुने हुँदा महिलाहरुले आफ्नो अधिकार चिन्नपर्ने भन्दै अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताए ।

उनले भने, ‘२०७२ को संविधानले सम्पूर्ण अधिकार दिएको छ । तर त्यसमा महिला पर्नु भएको छैन् । ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुन्छ । आफ्नो अधिकार चिन्नपर्छ, लिनुपर्छ । परिवर्तन भएको छ । अब सम्पूर्ण ठाँउमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्छ ।’

यस्तै, उनले २१ औं शताब्दी महिलाहरुको समय भएको भन्दै पहिलेको समयमा महिलामाथि भएको अन्याय अब नहुने बताए ।
उनले भने, ‘अहिले २१ औं शताब्दी चलिरहेको छ । यो समय भनेको महिलाहरुको समय हो । पितृसत्ता भनेर जुन पहिलाको समयमा महिलामाथि अन्याय भएको थियो त्यो अब हुने छैन् । हुन सक्दैँन् । किनभने अब महिला दिदिबहिनी, छोरीहरु जागरुक भइसकेका छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया