Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट

News and Updates
6 घण्टा अघि

रौतहट । रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ ।

वर्षभरी बेच्नका लागि तयार भइरहेको र्इंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि र्इंट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् ।

हावाहुरी र असिना सहितको पानीले गर्दा आफनो र्इंट्टा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ईंट्टा भिजेर नष्ट भएको बृन्दावन नगरपालिका ३ स्थित कृष्णा ईंटा उद्योगका सञ्चालक प्रेम शंकर यादवले बताए ।

उनले मजदुरहरुले बनाएर राखेको ईंटाहरु बेमौसमी परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए । अहिले ईंटा नष्ट भएसँगै कोइला पनि पाउन मुस्किल भएको उनको गुनासो छ । प्रत्येक बर्ष हिउँदे बर्षाका कारण ईंट्टामा क्षति पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।

रौतहट ईंटा उद्योग ब्यावसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा र्इंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो ।

ईंटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलुु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका लगभग ४२ वटा ईंटाभट्टाहरु सञ्चालनमा रहेका संघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया