Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वनकरिया र चेपाङलाई शैक्षिक सामग्री वितरण

News and Updates
5 घण्टा अघि

बागमती, ८ वैशाख । लोपोन्मुख जाति वनकरिया र चेपाङका ४७ बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।

अमेरिकी सहयोगी संस्था ‘माद्रे’को सहयोगमा राष्ट्रिय आदिबासी जनजाती महिला मञ्चले कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको हो । मकवानपुरको मनहरी गाउँपालिका–४ मसेधापमा आयोजित कार्यक्रममा सो वडाका वडाअध्यक्ष प्रकाश थापाले वनकरिया जातिका २२ तथा चेपाङ २५ बालबालिकालाई पोसाक, जुत्ता, झोला र स्टेशनरी सामग्र्री वितरण गरे ।

यस्तै विद्यालयमा अध्ययनरत वनकरिया जातिका ५१ बालबालिकालाई कापी, डट्पेन, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको राष्ट्रिय आदिबासी जनजाती महिला मञ्चका फिल्ड संयोजक सनिला लामाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया