Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जै घाँस लगाउने किसानलाई प्रोत्साहन

News and Updates
3 घण्टा अघि

गण्डकी, ९ वैशाख । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले रु १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ ।
महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अशेषराज विकले जानकारी दिए ।
उनका अनुसार यस वर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी रु ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ ।
यसअन्तर्गत बीउका लागि रु पाँच लाख ५९ हजार र खनजोतका लागि रु छ लाख ७९ हजार विनियोजन गरिएको प्रमुख डा विकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया