Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अहिलेको सरकार भष्ट्राचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड

News and Updates
9 घण्टा अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्ट्राचारीको रक्षा गर्न भएको बताएका हुन् ।

 

 

उनले भने, ‘अहिले देशमा राजनीतिक जस्तो स्थिती बनेको छ त्यस्तै चूनौतिपूर्ण स्थिती बनेको छ । अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको जो सरकार छ यसको जन्म नै अप्राकृतिक छ । अलोकतान्त्रिक छ , अपार्दर्शी छ , असंवैधानिक छ । यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो । यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौं र लाखौं शिक्षक सडकमा छन् । ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ । लाखौं शिक्षक र देशभरीका विद्यालयहरु संकटमा छन् ।’

 

 

साथै उनले सरकार शिक्षका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरुलाई अपमानित गर्न लागेको बताए । उनले सरकारले शिक्षकहरुलाई अपमानित गर्ने काम छोडेर गम्भीररुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।

 

 

उनले भने, ‘सरकारले आम शिक्षकहरुलाई अपमानित गर्ने काम छोडेर तुरुन्तै गम्भीर ढंगले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस्, शिक्षकहरुको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो । मैले धेरै मेहनत गरेर त्यो विद्येयक संसदमा पु¥याएको छु । उपसमितिमा छलफल छ । त्यसलाई छलफल गरेर टुंग्याउनेबारे शिक्षकहरुसँग किन कुरा गरिँदैन ? किन शिक्षकहरुलाई अपमानित गरिन्छ ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया