Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

News and Updates
7 घण्टा अघि

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन् ।
स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने मरणोपरान्त, लालबहादुर विश्वकर्मा कञ्चनपुर, वाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ र हरिचरण शिवाकोटी झापालाई उक्त सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरुको सङ्घर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया