Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

खुद्रा तरकारी व्यापारी भन्छन् प्रहरी र भन्सार कार्यालय मिलेर दुःख दियो !

News and Updates
6 घण्टा अघि

बैशाख १०, बर्दिया । कैलाली जिल्लाको टीकापुर नगरपालीका वडा नम्बर पाँच बसन्तपुरका अरुण चौधरी तरकारी व्यापारी हुन् । उनले स्थानीय बजारमा खुद्रा तरकारीको व्यापार गर्दै आएका छन् । उनको दैनिकी नै अटोमा तरकारी बोकेर विभिन्न हाटबजार पुगेर व्यापार गर्ने हो । उनी खुन पसिना एक गरेर खाई नखाई व्यापार गर्न सहज होस् भनेर केही समय अगाडी मात्रै अटो जोडेका थिए ।

त्यहीँ अटोमा तरकारी बोकेर कहिले बर्दियाको राजापुर हाटबजार त कहिले कैलाली टीकापुरको स्थानीय हाटबजारमा पुगेर तरकारी बेच्दै आएका थिए । गत बिहिबार अरुण बर्दिया हाटबजारबाट उबे्रका तरकारी अटोमा लिएर टीकापुर फर्किदै थिए ।

फर्किने क्रममा बर्दियाको भालुफाँटामा प्रहरीले चेकिङ गर्ने क्रममा तरकारी खरिद गरेको रसिद मागे । तर अरुणले राजापुर हाटबजारबाट तरकारी बेचेर फर्किन लागेको बताउदै आफुले बेच्ने तरकारी स्थानी किसानहरुको खेतबारीमा पुगेर किन्ने भएकाले खरिद गरेको रसिद नभएको बताए ।

प्रहरीले खरिद गरेको रसिद नभएको भन्दै गाडी र तरकारी दुबै जफत गरेर राजापुर भन्सार कार्यालयमा बुझाईदिए ।

कस्तो बिडम्बना देशभित्रै खरिद गरेको त्यो पनि स्थानीय किसानको खेतबारीमा पुगेर खरिद गरेको तरकारीको रसिद दिन नसक्दा तरकारी त तरकारी, तरकारी सहितको सवारीसाधन नै जफत गरेर भन्सार कार्यालयमा बुझाईदिएका थिए ।

पिडित आशा रानी चौधरीले इन्डियाबाट नभएर किसानको खेतबारीबाट तरकारी किनेर ल्याएकाले किनेको रसिद नभएको बताएकी छन् । उनले कैलाली र बर्दियाका स्थानीय बजारमा पुगेर खुद्रा तरकारी व्यापार गर्दै आएको बताईन् । उनले उक्त दिन पनि राजापुर हाटबजारबाट नबिकेका तरकारी अझ कुहिएको गोलभेडा र बन्दा समेत गाडीमा राखेर घर लैजानेक्रममा ईन्डियाबाट भन्सार छलि गरेर ल्याएको भन्दै गाडी सहित जफत गरेको उनको भनाई छ ।

राजापुर भन्सार कार्यालय बर्दियाका भन्सार अधिकृत धनबहादुर शाहीले प्रहरीले भन्सार कार्यालयमा अटो सहितको तरकारी बुझाएको बताएका छन् । शाहीले केही दिनमा १५ दिनको हकदाबी सुचना निकाल्ने र हकदाबी गर्न आउनेले बरामद भएको समान बराबर धरौटी राखेपश्चात मुद्धा लड्ने पाउने बताए । उनले मुद्धा जिते पिडितले जफत भएका समान फिर्ता पाउने र मुद्धा हारे जफत भएको समान सरकारीकरण हुने बताए ।

पिडितले ईन्डियाबाट नभएर नेपालमै तरकारी किनेको बताए पनि प्रहरीले खरिद रसिद नभेटाएकै कारण भन्सारमा बुझाउनुले सानालाई ऐन ठुलालाई चैन जस्तै भएको छ । सेटिङमा बार्षिक अर्बौ रकम बराबरको भन्सार छली हुँदा पनि सम्बन्धित निकाय चै चुप मै चुपको अवस्थामा छन् ।

तर घर चलाउन दैनिक उपभोग्यका बस्तु केही किलो समान ल्याउदा समेत सिमामा सुरक्षाकर्मीबाट सर्वसाधारणले दुव्र्यवहार खेप्नुपरेको घटना बेलाबखत बाहिरिदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया