Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

News and Updates
6 घण्टा अघि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो ।

 

 

उपप्रधानमन्त्री नाह्यानले युएइका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए । नेपालको दुुई दिने भ्रमणका लागि मङ्गलबार काठमाडौँ आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरु तत्पर रहेको अवगत गराउनुभयो ।

 

 

प्रधानमन्त्री ओलीले विकासको मार्गमा युुएइले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया